News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासहरूले हुन्डीमार्फत नेपाल पैसा नपठाउन अनुरोध गरेका छन्।
- दूतावासहरूले हुन्डी कारोबार भएमा प्रमाणसहित दूतावासमा उपलब्ध गराउन र त्यसको सूचना परराष्ट्र मन्त्रालयमा पठाउन आग्रह गरेका छन्।
- चालु आर्थिक वर्षमा साउनदेखि कात्तिकसम्म ६ खर्ब ८७ अर्ब १३ करोड रेमिट्यान्स भित्रिएको छ, हुन्डीमार्फत पैसा पठाउनेहरूको संख्या बढेको अनुमान छ।
१ पुस, काठमाडौं । विदेशमा रहेका नेपालीलाई हुन्डीमार्फत नेपाल पैसा नपठाउन दूतावासहरूले आग्रह गरेका छन् ।
दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशमा रहेका नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै हुन्डीमार्फत नेपाल पैसा नपठाउन अनुरोध गरेका हुन्।
हुन्डी कारोबारलाई निरुत्साहित गर्नेगरी सहयोग गर्न तथा त्यस्तो कारोबार भएमा प्रमाणसहित दूतावासमा उपलब्ध गराउन अनुरोध गरेका छन् ।
नेपालको सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण गर्न ‘विदेशमा रही अनौपचारिक रूपमा रेमिट्यान्स कारोबार (हुन्डी) गरेको वा संकलित रकम नेपाल नपठाएको’ गोप्य सूचना दूतावासले परराष्ट्र मन्त्रालयमार्फत अर्थ वा सम्बन्धित निकायमा विद्युतीय माध्ययमबाट गराउनुपर्ने नीतिगत व्यवस्था रहेको छ ।

दक्षिण कोरियास्थित नेपाली दूतावासले प्रत्येक महिना त्यस्ता सूचना तथा तथ्यांक परराष्ट्र मन्त्रालयमा पठाउँदै आएको जनाएको छ ।
त्यस्तै यूएईमा रहेको नेपाली दूतावासले समेत हुन्डीमार्फत नेपाल पैसा नपठाउन अनुरोध गरेको छ । हुन्डीमार्फत नेपाल पैसा पठाउनेहरूको विवरण दूतावासले नेपाल सरकारलाई पठाउँदै आएको जनाएको छ ।
हरेक वर्ष रेमिट्यान्स बढ्दै आएको छ । तर, हुन्डीमार्फत पैसा नेपाल पठाउनेहरूको संख्या समेत बढेको अनुमान छ । चालु आर्थिक वर्षमा साउनदेखि कात्तिक महिनासम्म ६ खर्ब ८७ अर्ब १३ करोड रेमिट्यान्स भित्रिएको छ ।
प्रतिक्रिया 4