२ पुस, काठमाडौं । नयाँ नेतृत्व चयनका लागि मतदान स्थल पुगेका प्रतिनिधिहरुलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवारहरुको सूची बाँडिरहेको छ ।
नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
मतदाताहरु मतदानका लागि भृकुटीमण्डपमा लामबद्ध भएर पालो कुरिरहेका छन् । ओली मतदानस्थलमा आउनासाथ भोटिङ सुरु गर्ने तयारी छ ।
ईश्वर पोखरेल पक्ष र उनी पक्षका नेताहरु भने मतदान स्थल पुगिसकेका छन् । उनीहरु लाइनमा बसेका प्रतिनिधिहरुलाई भेट्दै भोट मागिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4