+
+
Shares

मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने

एमालेका एक नेताले भने, ‘ईश्वर पोखरेल आइसक्नु भएको छ । अध्यक्ष ओली आउन बाँकी छ, उहाँ आएपछि मतदान सुरु हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते ८:४५

२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान सुरु गर्नका लागि नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई कुरिरहेका छन् ।

अध्यक्षका उम्मेदवारसमेत रहेका ओली आउनासाथ मतदान सुरु गर्ने तयारी छ । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भने मतदान स्थल पुगिसकेका छन् ।

एमालेका एक नेताले भने, ‘एमालेका एक नेताले भने, ‘ईश्वर पोखरेल आइसक्नु भएको छ । अध्यक्ष ओली आउन बाँकी छ, उहाँ आएपछि मतदान सुरु हुन्छ ।’

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् । नेताहरुले उनीहरुसँग मत मागिरहेका छन् ।

विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । विद्युतीय मेसिनहरु मतदानका लागि तयार भइसकेको र आफूहरु मतदान गराउन तयारी अवस्थामा रहेको प्राविधिक लक्ष्मण रिमालले बताएका छन् ।

उनका अनुसार मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ । उनले भने, ‘अब प्राविधिक समस्या छैन । हाम्रोतर्फबाट काम सकिएको छ । निर्वाचन आयोगको आदेश आएपछि मतदान गर्न सकिन्छ ।’

मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।

मतदानको तयारी भइरहेका बेला नेताहरू पनि मतदानस्थलमा पुगेका छन् । प्रतिनिधिहरुसँग भोट मागिरहेका छन् । प्रतिनिधिहरुले पनि आफूले रुचाएका उम्मेदवारको प्रचारप्रसार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?