८ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाको प्रतिनिधि कार्ड हराएपछि पुन: नयाँ बनाइएको छ ।
एमालेको नयाँ नेतृत्वका लागि बुधबार बिहानबाट मतदान चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको मतदानमा सहभागी हुन उनी दिउँसो ४ बजेतिरै मतदानस्थल पुगेका थिए ।
तर, आफ्नो प्रतिनिधि कार्ड नपाएपछि फर्किएका थिए ।
‘दिउँसो मतदान गर्न गएको थिएँ । कार्ड थिएन,’ तिमल्सिनाले भने, ‘बुझ्दा आधिकारिक मान्छेले लगेको छ भन्नुभयो । त्यसपछि म फर्किएँ । नयाँ बनाउनका लागि भनेर आएको थिएँ । अहिले बन्यो भनेर खबर आएको छ ।’
केहीबेरमा महाधिवेशनस्थल पुग्ने उनले बताए । महाधिवेशन प्रतिनिधिका लागि १० बजेसम्म मतदानस्थल प्रवेश गरिसक्न केन्द्रीय निर्वाचन आयोगले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4