+
+
Shares

रास्वपाबाट समानुपातिक उम्मेदवार हुन ३२५ जनाको आवेदन, पुस ५ गते आवेदकसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १६:४२
Listen News
0:00
0:30
🔊

३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि मंसिर मसान्तसम्म ३२५ जनाको आवेदन परेको छ ।

आवेदन प्राप्त हुने क्रम जारी रहेको रास्वपाले जानकारी गराएको छ । आवेदकहरूलाई सातै प्रदेशमा छलफलका गर्ने रास्वपा सचिवालय बैठकले निर्णय गरेको छ । आवेदकहरुसँग ५ पुसमा छलफल गरिने भएको छ । छलफलको सहजीकरणका लागि प्रदेशगत नेताहरु तोकिएको छ ।

छलफल सहजीकरणका लागि समानुपातिकतर्फ उम्मेदवारी नदिएका केन्द्र र प्रदेशका नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।

सहजकर्ताका लागि कुन नेतालाई कहाँ खटाइयो ?

कोशी:

विपिन कुमार आचार्य, निशा डाँगी, अशोक कुमार चौधरी, सरिन तामाङ ।

मधेश:

मनिष झा, राजन गौतम, बिन्दबासिनी कंसाकार, तपेश्वर यादव।

बागमती:

विराज भक्त श्रेष्ठ, डा. तोसिमा कार्की,

रामकृष्ण भट्टराई, उपेन्द्र पाण्डे

गण्डकी:

शिशिर खनाल, असिम शाह, शिव नेपाली, मोहन थापा, राजन गौतम।

लुम्बिनी:

गणेश पराजुली, क्रान्ति शिखा धिताल, लक्ष्मी तिवारी, देवराज पाठक।

कर्णाली:

हरि ढकाल, बिनिता कठायत र मदन खड्का।

सुदूरपश्चिम:

दिपकराज बोहरा, ध्रुव गिरी, प्रकाश बिष्ट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?