Listen News
0:00
0:30
२८ मंसिर, बुटवल । नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
कार्की लगायतलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।
कार्कीसहित झन्डै दुई सय जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेको रास्वपाले दाबी गरेको छ ।
कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्वस्वकीय सचिव रहेर लामो समय पार्टीमा काम गरेका नेता हुन् ।
कार्की सँगै नेकपा एमाले प्रदेश सदस्य पदम ज्ञवाली लगायतका नेताहरू रास्वपा प्रवेश गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4