News Summary
Generated by OK AI. Editorially reviewed.- फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले हलिउडको 'फास्ट एन्ड फ्युरियस' श्रृंखलामा सम्भावित रूपमा अभिनय गर्ने तयारी गरिरहेका छन्।
- अभिनेता विन डिजेलले रोनाल्डोको लागि नयाँ भूमिका सिर्जना गरिएको र उनले 'उनी वास्तविक हुन्' भनेका छन्।
- फास्ट एन्ड फ्युरियस ११ श्रृंखला अप्रिल २०२७ मा रिलिज हुने र दिवंगत पल वाकरको चरित्र समावेश हुने सम्भावना छ।
लस एन्जलस । फुटबल स्टार क्रिस्टियानो रोनाल्डो हलिउडको बहुचर्चित श्रृंखला ‘फास्ट एन्ड फ्युरियस’ को आउँदो सिक्वेलमा देखिन लागेका हुन् ? उत्तर हो- हुनसक्छ ।
हलिउडको चर्चित कार फ्रान्चाइजका स्टार तथा निर्माता विन डिजेलले इन्स्टाग्राममा रोनाल्डोसँगको फोटो सेयर गर्दै विश्वप्रसिद्ध फुटबल प्लेयरको सम्भावित हलिउड डेब्यूबारे चर्चा गरेका छन् ।
दुवैले एकसाथ फोटो खिचाउँदै थम्बअप गरेका छन् । अभिनेता डिजेलले रोनाल्डोको लागि आफूले भूमिका सिर्जना गरेको बताएका छन् ।
‘मलाई सबैले सोधिरहेका छन्, के उनी फास्ट मिथोलोजीमा देखिनेछन् ? म भन्नै गैरहेको छु कि उनी वास्तविक हुन्’ डिजेलले पोस्टको क्याप्सनमा लेखेका छन्, ‘हामीले उनको लागि एउटा भूमिका लेखेका छौं ।’
फुटबल स्टारले ‘फास्ट एन्ड फ्युरियस’ को ११ औं श्रृंखलामा देखिने कुरालाई अहिल्यै आधिकारिक रूपमा पुष्टि गरिसकेका छैनन् । यद्यपि, डिजेलले हालैको एक कुराकानीमा दिवंगत अभिनेता पल वाकरको चरित्र ब्रायन ओ’कोनर फिल्मको कथा देखिनसक्ने संकेत गरिसकेका छन् ।
उनले यो फिल्म अप्रिल २०२७ मा रिलिज हुने खुलासा गरेका थिए । वाकरको नोभेम्बर ३०, २०१३ मा कार दुर्घटनामा मृत्यु भएको थियो । त्यतिबेला उनी फास्ट एण्ड फ्युरियस ७ को छायांकन गरिरहेका थिए र उनका सबै दृश्यहरू सकिएका थिएनन् ।
प्रतिक्रिया 4