+
+
Shares

नेता तथा अगुवा समाजप्रति समर्पित भएर लाग्नुपर्छ : मन्त्री खरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेता तथा अगुवाहरू समाजप्रति समर्पित भएर सकारात्मक काममा लाग्नुपर्नेमा जोड दिनुभयो।
  • मन्त्री खरेलले शक्ति र सत्तामा रहेका व्यक्ति, नेता वा अग्रणीले जनताप्रति समर्पित भएर त्याग गर्नुपर्ने बताउनुभयो।
  • उनले लोभ, मोह, क्रोध र अहंकारले मानिसलाई बाँधेको र कर्मले व्यक्तिको राम्रो नराम्रो निर्धारण गर्ने उल्लेख गर्नुभयो।

३ पुस, ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेता तथा अगुवाहरू सकारात्मक कामका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

ललितपुरको सातदोबाटोस्थित ओमशान्ति भवनको भ्रमण गर्दै मन्त्री खरेलले अरूका लागि केही गर्छु भनेर शक्ति र सत्तामा रहेका व्यक्ति, नेता वा समाजका अग्रणीले जनताप्रति समर्पित भएर त्याग गर्नुपर्ने भनाइ राखे ।

‘हामी भगवान् जस्तो त बन्न सक्दैनौँ, लोभ, मोह, क्रोध र अहंकारले हामीलाई बाँधिसकेको छ, जति कोसिस गर्दा पनि छुटकारा पाउनसक्ने अवस्था छैन, रावण शिवको भक्त भए पनि दानवका रूपमा चित्रित भए, कोही पनि व्यक्ति राम्रो र नराम्रो भन्ने कुरा उसको कर्मले निर्धारण गर्छ’, मन्त्री खरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?