+
+
Shares

हलमा लागे ‘झरीपछिको इन्द्रेणी’ र हलिउडको ‘अवतार ३’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ।
  • ‘झरीपछिको इन्द्रेणी’ भ्रष्टाचारविरुद्ध लड्ने पात्रहरूको कथामा आधारित सोसल ड्रामा हो।
  • हलिउड फिल्म ‘अवतार ३’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ र यसको रनटाइम १९७ मिनेट छ।

काठमाडौं । शुक्रबारदेखि देशभरका हलमा नेपाली भाषाको फिल्म ‘झरीपछिको इन्द्रेणी’ र हलिउडको बहुप्रतीक्षित ‘अवतार ३’ प्रदर्शनमा आएका छन् ।

पाका अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि पुनरागमन गरेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ लाई सोसल ड्रामा जनरामा राखिएको छ । अर्जुन घिमिरेको डेब्यू निर्देशन रहेको फिल्मको रनटाइम १४० मिनेट र सर्टिफिकेट युनिभर्सल छ ।

पारिवारिक कथावस्तुको यो फिल्म भ्रष्टाचारविरुद्ध लड्ने पात्रहरूको कथावस्तुमा आधारित छ । सुशासन र सहि प्रणाली स्थापना गर्नको लागि पात्रले गर्ने संघर्षको चित्रण यसमा छ ।

गणेश उप्रेतीसहित दीपाश्री निरौला, रमेश उप्रेती, सरिता गिरी लगायतको अभिनय यसमा छ । पछिल्लो समय र्‍यापर बालेनले गाएको ओएसटी गीतको कारणले पनि यो फिल्म चर्चामा छ ।

अवतार : फायर एण्ड एस’

विश्वचर्चित हलिउड श्रृंखला ‘अवतार’ को तेस्रो श्रृंखला हो । जेम्स क्यामरुन निर्देशित विज्ञान कथामा आधारित यो फिल्म काल्पनिक पाण्डोरा ग्रहको कथावस्तुमा आधारित छ ।

उक्त ग्रहका आदिवासीले आफ्नो भूगोल र संस्कृति जोगाउन गर्ने संघर्ष, पृथ्वीबाट गएका मानिससँगको लडाइको कथा यसमा छ । तपाईंले ‘अवतार’ का अघिल्ला दुई श्रृंखला हेर्नुभएको छ भने यो फिल्म रुचिकर हुनसक्छ ।

१९७ मिनेट रनटाइमको यो फिल्ममा साम वर्थिङ्टन, जोय साल्दाना, सिगौर्नी वीभर, स्टीफन ल्याङ, केट विन्सलेटको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?