+

प्रिमियर लिग : हालान्डको दुई गोलमा सिटीको जित, आर्सनलले एभर्टनलाई हरायो

२०८२ पुष  ६ गते ७:५९ २०८२ पुष ६ गते ७:५९
प्रिमियर लिग : हालान्डको दुई गोलमा सिटीको जित, आर्सनलले एभर्टनलाई हरायो
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडमाथि ३-० को जित हासिल गरेको छ।
  • आर्सनलले एभर्टनमाथि १-० को जित हासिल गरेको छ, भिक्टोर ग्योकेरेसको पेनाल्टी गोल निर्णायक रह्यो।
  • सिटी १७ खेलमा ३७ अंकसहित दोस्रो स्थानमा छ भने आर्सनल ३९ अंकसहित शीर्ष स्थानमा छ।

६ पुस, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडमाथि ३-० को जित हासिल गरेको छ ।

घरेलु मैदानमा सिटीको जितमा तिजानी रेन्डर्सले पनि एक गोल थपे । पहिलो हाफमै २-० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको पाँचौं मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ३८औं मिनेटमा रेन्डर्सले गोल गर्दै अग्रता दोब्बर पारे ।

६९औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको ३-० को जित पक्का भयो ।

जितपछि दोस्रो स्थानको सिटीको १७ खेलमा ३७ अंक भएको छ । पराजित वेस्ट ह्याम १३ अंकसहित १८औं स्थानमा छ ।

यस्तै गएराति नै भएको खेलमा शीर्षस्थानको आर्सनलले एभर्टनमाथि १-० को जित हासिल गरेको छ ।

आर्सनलको जितमा भिक्टोर ग्योकेरेसले पेनाल्टीमार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा गोल गरेका थिए ।

जितपछि शीर्षस्थानको आर्सनलको १७ खेलमा ३९ अंक भएको छ । पराजित एभर्टन २४ अंकसहित १०औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय