+
+
Shares

प्रतिनिधिसभा निर्वाचन : कमल थापाको नाम काठमाडौं ५ र बाँके २ बाट सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते २०:४३

८ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका  पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ र बाँके २ बाट सिफारिस गरिएको छ ।

राप्रपा नेपाल काठमाडौँ ५ को आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले थापाको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए ।

बैठकले समानुपातिकमा जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस गरेको छ ।

यसैगरी बाँके निर्वाचन क्षेत्र नं २ बाट पनि थापाको नाम सर्वसम्मत सिफारिस भएको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

पार्टीका क्षेत्रीय कार्यसमितिले देशभरिबाट  उम्मेदवारको नाम सिफारिस गरेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?