+
+
Shares
हलिउड :

‘एभेन्जर्स डुम्स डे’ को टिजर : एमसीयूमा ‘क्याप्टेन अमेरिका’ को पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउडको फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को पहिलो टिजर युट्युबमा सार्वजनिक भएको छ।
  • क्रिस इभान्सले ‘क्याप्टेन अमेरिका’ को भूमिकामा स्टिभ रोजर्सको रुपमा फर्किनेछन्।
  • फिल्म डिसेम्बर १८, २०२६ मा रिलिज हुनेछ र टिजर जेम्स क्यामरुनको ‘अवतार : फायर एण्ड यश’ को क्रममा सार्वजनिक भएको थियो।

लस एन्जलस । हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को टिजर अन्ततः युट्युबमा सार्वजनिक भएको छ । निर्माताले मंगलबार बेलुका सार्वजनिक गरेको टिजरमा केही सरप्राइज अवश्य छ ।

‘क्याप्टेन अमेरिका’ को भूमिकामा चर्चित अभिनेता क्रिस इभान्स यो मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएका छन् । उनलाई यो श्रृंखलामा स्टिभ रोजर्सको भूमिकामा देख्न पाइनेछ ।

चारमध्ये यो पहिलो टिजर भएको बताइएको छ । यो टिजरमा क्रिस इभान्सले बच्चालाई काखमा समातिरहेको देख्न सकिन्छ । लेखिएको छ, ‘स्टिभ रोजर्स एभेन्जर्स डुम्स डेमा फर्किनेछ ।’

जेम्स क्यामरुनको हालै रिलिज भएको फिल्म ‘अवतार : फायर एण्ड यश’ को क्रममा ‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक गरिएको थियो । तर, त्यसको केही समयमै अनलाइन लिक्ड भैदियो ।

‘एभेन्जर्स डुम्स डे’ डिसेम्बर १८, २०२६ मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?