+
+
Shares

स्विसकन्ट्याक्ट र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच सम्झौता

सम्झौताले प्रशिक्षकलाई प्रोत्साहन गर्ने, प्राविधिक गुणस्तर अभिवृद्धि हुने तथा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) क्षेत्रमा भविष्यको नेतृत्वकर्ता विकास हुने अपेक्षा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वीट्जरल्यान्डको सहयोग नियोग स्विसकन्ट्याक्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा \'टीभीईटी प्रशिक्षकको व्यावसायिक विकास\' कार्यक्रमका लागि सहयोग गर्ने सम्झौता गरेको छ।
  • सम्झौतामा विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र स्विसकन्ट्याक्टका देशीय निर्देशक सञ्जय कार्कीले हस्ताक्षर गरेका छन्।
  • स्विसकन्ट्याक्टका देशीय निर्देशक कार्कीले सम्झौताले नेपालको टीभीईटी क्षेत्रमा एक महत्त्पूर्ण कदम भएको उल्लेख गरे।

९ पुस, काठमाडौं । स्वीट्जरल्यान्डको सहयोग नियोग स्विसकन्ट्याक्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘टीभीईटी प्रशिक्षकको व्यावसायिक विकास’ कार्यक्रम सुरुवातका लागि सहयोग गर्ने भएको छ ।

यस सन्दर्भमा स्विसकन्ट्याक्ट र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । सम्झौतामा विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र स्विसकन्ट्याक्टका नेपालस्थित देशीय निर्देशक सञ्जय कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा ट्रेनिङ इन्स्टिच्युट फर टेक्निकल इन्स्ट्रक्सन (टीआईटीआई) का कार्यकारी निर्देशक अनुज भट्टराईको उपस्थिति थियो । टीआईटीआईले एसिया र अफ्रिकाका गरी २६ हजाभन्दा बढी प्रशिक्षक, प्रबन्धक र पाठ्यक्रम विकासकर्तालाई तालिम प्रदान गरिसकेको छ ।

सम्झौताले प्रशिक्षकलाई प्रोत्साहन गर्ने, प्राविधिक गुणस्तर अभिवृद्धि हुने तथा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) क्षेत्रमा भविष्यको नेतृत्वकर्ता विकास हुने अपेक्षा गरिएको छ ।

सम्झौता कार्यक्रममा नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल मिउलीले स्वीट्जरल्यान्डको विकास सहयोगप्रतिको प्रतिबद्धता झल्किएको बताए ।

त्यसैगरी स्विसकन्ट्याक्टका देशीय निर्देशक कार्कीले दुई संस्थाबीचको सम्झौताले नेपालको टीभीईटी क्षेत्रमा एक महत्त्पूर्ण कदम भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?