१४ पुस, काठमाडौं । निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका छन् ।
यही क्रममा आयोगभित्र नाराबाजी भएको हो ।
निर्वाचन प्रक्रिया रोक्न माग गर्दै केही युवाहरूले नाराबाजी गरेका हुन् । उनीहरूले जेनजीका माग पूरा गर, निर्वाचन धोका हो, हत्यारालाई कारबाही गर लगायतका नारा लगाएका छन् ।
नाराबाजी भएपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई आयोग परिसरबाट बाहिर निकालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4