+
+
Shares

९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्र समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्।
  • फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो।
  • नेपाल मजदूर किसानपार्टीले ११०, जनता समाजवादी पार्टीले १०१ उम्मेदवारको बन्दसूची आयोगमा बुझाएको छ।

१४ पुस, काठमाडौँ । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन हो । तर, ४:३० बजेसम्म ९ वटा दलले मात्रै बन्द सूची बुझाएको आयोगले जनाएको छ ।

केही दलले भने निस्सा लिइसकेको तर बन्दसूची भने बुजाउन बाँकी राखेका छन् ।

यी हुन् अहिलेसम्म आयोगमा बन्दसूची बुझाउने दल

नेपाल मजदूर किसानपार्टी- ११० उम्मेदवार
नेपाल लोकतान्त्रिक पार्टी- १२ जना
राष्ट्रिय जनमोर्चा- ११० जना
यी तीन दलले भने आइतबार नै सूची बुझाएका हुन् ।

आज बन्दसूची बुजाउने दल
जनप्रिय लोकतान्त्रिक पार्टी- १२
नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)- २०
गतिशील लोकतान्त्रिक पार्टी- ११
जनता समाजवादी पार्टी, नेपाल- १०१
समावेशी समाजवादी पार्टी- ३१
समावेशी समाजवादी पार्टी, नेपाल- १२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?