+
+
Shares

प्रधानमन्त्रीलाई माधव नेपालले सोधे- विध्वंश मच्चाउनेलाई किन कारबाही नगरेको ?

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा तोडफोडमा उत्रिनेमाथि पनि कारबाही नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई नै प्रश्न गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १६:०८

१६ पुस, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा तोडफोडमा उत्रिनेमाथि पनि कारबाही नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई नै प्रश्न गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री कार्कीकै अगाडि विध्वंश मच्चाउनेलाई किन कारबाही नगरेको भनेर सोधेका हुन् ।

‘जेनजी आन्दोलनमा विध्वंश मच्चाउने, लुट मच्चाउने जुन काम भएको छ । यो अत्यन्तै आपत्तिजनक छ, ‘ उनले भने, ‘यसप्रति सरकार गम्भीर देखिएन । सबै कुरा भिडियोले देखाइरहेको छ, कोको हुन् तोडफोड गर्ने देखिएको छ । किन पक्राउ गरिँदैन ? किन सजायँ दिइँदैन ? यसकारणले म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?