News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम विकल्प नरहेको बताएका छन्।
- नेपालले पार्टीभित्र र देशमा एकता, शान्ति र समृद्धिका लागि नेकपाको विचार र समाजवादी क्रान्ति कार्यक्रम नै विकल्प भएको बताए।
- विद्यार्थी नेता केशव रावलको १५ दिनको पैदलयात्राले राष्ट्रिय र पार्टीभित्रको एकता बलियो बनाउन ऊर्जा प्रदान गरेको नेपालले उल्लेख गरे।
१५ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रमको विकल्प विकल्प नरहेको बताएका छन् ।
मुलुकको विकास, समृद्धि, देश तथा पार्टीभित्रको एकताको लागि नेपाली कम्युनिष्ट पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम सबैभन्दा उपयुक्त भएको उनको भनाइ छ ।
रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।
‘नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैन । देशमा एकता बलियो बनाउन, शान्ति र समृद्धिको दिशामा अगाडि बढाउन, राजनीति र समाजमा देखिएका विकृति विसंगतिलाई समाप्त पार्न नेकपाको विचार र यसले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम नै विकल्प हो । अर्को बाटो छैन,’ उनले भने ।
नेपाली कम्युनिष्ट पार्टीमा दिनदिनै उत्साह थपिएको बताएका नेपालले यसमा एकीकृत हुने दलहरू र नेता–कार्यकर्ताको संख्या पनि बढिरहेको जिकिर गरे ।
‘सबै वर्ग र तहका जनता, सबै उमेर समूहका जनताको आशा र भरोसाको केन्द्र नेपाली कम्युनिष्ट पार्टी नै हो भन्ने सन्देश अहिले सम्प्रेषण भइरहेको छ,’ उनले भने, ‘नेकपा निर्माणको चरणमा केही एकता विरोधीहरूले अनेकौं बाधा व्यवधान खडा गर्न खोजे पनि जनताले यो पार्टीलाई माया गरेका छन् ।’
उनले रुकुमबाट १५ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावलले राष्ट्रिय एकता र पार्टीभित्रको एकता बलियो बनाउन ऊर्जा प्रदान गरेको बताए ।
प्रतिक्रिया 4