+
+
Shares

अंग्रेजी नयाँ वर्षमा मनाइँदै राष्ट्रिय पोशाक र टोपी दिवस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते ६:१३
फाइल फोटो
Listen News
0:00
0:30
🔊

१७ पुस, काठमाडौं । इस्वी सम्वतको नयाँ वर्षको दिनलाई नेपालीहरुले राष्ट्रिय पोशाक दिवस र नेपाली टोपी दिवसको रुपमा मनाउने गरेका छन् ।

विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि  केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि यो दिवस मनाउन सुरु गरेका थिए ।

यही क्रममा विहीबार बिहान पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेला भएर युवाहरुले नेपाली राष्ट्रिय पोशाक लगाएर प्रदर्शन गर्दैछन्  ।

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा दिवसको कार्यक्रम आयोजना गरेका छन् ।

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोशाकको संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?