+
+
Shares

एमालेबाट बैतडीमा भण्डारी र दार्चुलामा ठगुन्ना एकल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १७:२९

२० पुस, धनगढी । नेकपा एमालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडी र दार्चुलाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

एमालेले बैतडीबाट दामोदर भण्डारीको नाम एकल सिफारिस गरेको छ भने दार्चुलाबाट गणेशसिंह ठगुन्नाको नाम पनि एकल सिफारिस भएको छ । बैतडीबाट सिफारिस भएका भण्डारी विघठित प्रतिनिधिसभा सदस्य तथा निवर्तमान उद्योग वाणिज्य तथा आर्पूतिमन्त्री पनि हुन् ।

भण्डारी हालै सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका छन् । एमालेबाट भण्डारीले २०७० को संविधानसभा निर्वाचन, २०७४ र २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका थिए ।

दार्चुलाबाट एकल सिफारिस भएका ठगुन्ना पनि एमालेको राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता हुन् । उनी पूर्वमन्त्री पनि हुन् ।

ठगुन्नाले २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट जितेका थिए तर २०७९ सालको निर्वाचनमा भने कांग्रेसका दिलेन्द्रप्रसाद बडूसँग उनी पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?