+
+
Shares

प्रतिनिधिसभा चुनाव : एमाले डोटीबाट भट्टसहित ८ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १८:०४

२० पुस, धनगढी । प्रतिनिधिसभाका लागि नेकपा एमालेका उपमहासचिव लेखराज भट्टको नाम डोटीबाट समेत सिफारिस भएको छ ।

कैलाली–४ बाट एकल सिफारिस गरिएका भट्टको नाम डोटीबाट समेत सिफारिस गरिएको जिल्ला सचिव पदमराज भट्टले जानकारी दिए ।

उनकाअनुसार भट्टको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्लको नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ । उनी पार्टीले टिकट दिएमा प्रदेश सांसदबाट राजीनामा दिएर चुनाव लड्ने तयारीमा छन् ।

भट्ट र मल्ल बाहेकका अन्य ६ जना आकांक्षीको नाम पनि सिफारिस गरिएको सचिव भट्टले बताए ।

उनकाअनुसार नेता दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट , गोविन्द पार्की, दिनेश घर्ती मगर र दीपक धामीको नाम सिफारिस गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?