News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बजारमा सुकेको लसुनको मूल्य घटेको छ।
- पछिल्लो दुई सातामा लसुनको मूल्य ३०.२६ देखि ७३.२६ प्रतिशतसम्म बढेको थियो, तर चार दिनमा चिनियाँ लसुनको औसत मूल्य २६.२१ प्रतिशतले घटेको छ।
- गत शुक्रबार चिनियाँ लसुन प्रतिकिलो औसत ४ सय ५६ रुपैयाँमा किनबेच भएको थियो भने आज सोमबार यसको मूल्य ३ सय ३६ रुपैयाँ कायम छ।
२२ पुस, काठमाडौं । बजारमा सुकेको लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले लसुनको मूल्य ओरालो लागेको देखाएको हो ।
बजारमा चिनियाँ र नेपाली गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । पछिल्लो दुई सातामा सुकेको लसुनको मूल्य ह्वात्तै बढेको थियो । दुई साता अवधिमा लसुनको मूल्य ३०.२६ देखि ७३.२६ प्रतिशतसम्म बढेको थियो ।
गएको शुक्रबार (१८ पुस) मा चिनियाँ लसुन प्रतिकिलो थोकमा न्यूनतम ४ सयदेखि अधिकतम ५ सय र औसतमा ४ सय ५६ रुपैयाँसम्म पुगेको थियो । चार दिनको अवधिमा चिनियाँ लसुन औसतमा प्रतिकिलो २६.२१ प्रतिशतसम्म घटेको छ । आज सोमबार उक्त लसुनको मूल्य ३ सय ३६ रुपैयाँ कायम छ ।
यस्तै नेपाली लसुनको मूल्य पनि १९.७० प्रतिशतले घटेको छ । गत शुक्रबार नेपाली लसुन प्रतिकिलो थोकमा न्यूनतम २ सय २० देखि अधिकतम २ सय ८९ र औसत २ सय ४७ रुपैयाँमा किनबेच भएको थियो ।
आज मंगलबार भने नेपाली लसुनको मूल्य प्रतिकिलो १ सय ९८ रुपैयाँ कायम छ ।
प्रतिक्रिया 4