+
+
Shares

बालेनले पठाए जाँचबुझ आयोगमा लिखित जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १५:१५

२२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बुझ्नका लागि आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो ।

उक्त पत्रको जवाफ शाहले पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले अनलाइनखबरलाई बताए । ‘उहाँले पठाउनुभएको लिखित जवाफ आयोगमा प्राप्त भएको छ,’ प्रवक्ता शर्माले भने ।

आयोगले बयान लगायतका काम सकेर अब प्रतिवेदन लेखनको काम अघि बढाएको छ । आयोगले गतसाता गृहमन्त्री रमेश लेखकको लिखित वक्तव्य र बयान लिएको थियो ।

आयोगले यसअघि नै जेनजी आन्दोलनसँग सम्बन्धित विवरण र अरु तथ्यांकहरू संकलन गरेको थियो । तल्ला तहका सुरक्षा अधिकारीहरूसँगको बयानपछि आयोगले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय, प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरूसँग बयान लिएको थियो ।

त्यसबाहेक सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका साथै काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालिन गृहसचिव, मुख्यसचिव लगायतसँग पनि आयोगले बयान लिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले पनि आफ्ना अधिकारीहरूका साथमा आयोगमा पुगेर बयान दिएका थिए । आयोगले सुरुमै पूर्वगृहमन्त्री रवि लामिछाने लगायतसँग बयान लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?