२२ पुस, काठमाडौं । विशेष अदालतले सहसचिव एवं काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले उनीसहित ७ जनाविरुद्ध दायर रिटमा सफाइ दिएको हो ।
अख्तियारले गत जेठमा टेण्डरमा भ्रष्टाचार गरेको आरोपमा परियार सहित रवीनमान श्रेष्ठ, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल, जनार्दन गिरी र शिवराज अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सामाखुसी–बसुन्धरा करिडोरको ठेक्कामा प्रतिस्पर्धा गर्न योग्य भएको कम्पनी समानान्तरलाई अयोग्य बनाई त्यो भन्दा बढी रकम दावी गर्ने कम्पनीलाई ठेक्का दिएको आरोप थियो ।
अख्तियारले उनीहरुमाथि ४ करोड ३१ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4