+
+
Shares

पूर्वमाओवादी भण्डारीलाई एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार

नेतृ भण्डारी २०७५ मा एमालेको केन्द्रीय सदस्य बनेकी थिइन् । एमालेले उनलाई २०७८ मा पोलिटब्युरो सदस्य बनाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १०:४३

२३ पुस, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ की भण्डारीले अनलाइनखबरसँग कुरा गर्दै आफू पार्टीका तर्फबाट उम्मेदवार बनेको पुष्टि गरिन् ।

भण्डारी पूर्वमाओवादी हुन् । पहिलो संविधानसभामा तत्कालीन नेकपा माओवादीका तर्फबाट कैलाली–६ बाट सदस्य बनेकी भण्डारीले २०६७ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला सचिव हुँदै २०५७ मा माओवादी जिल्ला सदस्य र एरिया इन्चार्जको जिम्मेवारीमा पुगेकी भण्डारी २०६० सालमा माओवादी कञ्चनपुरकी सेक्रेटरी थिइन् ।

२०६१ मा चुरे विशेष जिल्ला नेतृत्व सम्हालेकी उनी २०६२ देखि २०६४ सम्म माओवादीको केन्द्रीय सदस्य र बर्दिया सहइन्चार्ज थिइन् ।

२०७२ मा माओवादी फुटेपछि उनी डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा लागेकी थिइन् । नयाँ शक्तिमा रहँँदा उनी २०७५ सम्म सुदूरपश्चिम इन्चार्ज थिइन् ।

नयाँ शक्तिमा जानुअघि २०६४ देखि २०७२ सम्म नेतृ भण्डारी माओवादी पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिइन् ।

नेतृ भण्डारी २०७५ मा एमालेको केन्द्रीय सदस्य बनेकी थिइन् । एमालेले उनलाई २०७८ मा पोलिटब्युरो सदस्य बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?