News Summary
Generated by OK AI. Editorially reviewed.- भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेपछि सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन्।
- सरकारले काफ्लेको राजीनामा स्वीकृत गरी रिक्त पदमा कुलप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ।
- मन्त्रालयले पदाधिकारीहरूले दिएको जवाफ अध्ययन गरेको र कार्यालयका काम ठप्प रहेको जनाएको छ।
२३ पुस, काठमाडौं । भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन् ।
सहकारी ठगलाई नै समितिको कार्यालयले जोगाउने भूमिका खेलेको भन्दै सहकारी पीडित आन्दोलित भएपछि सरकारले सबै पदाधिकारीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सोधेको स्पष्टीकरणमा जवाफ दिएका काफ्लेले करिब एक महिनापछि राजीनामा दिएका हुन् । उनको राजीनामा सरकारले स्वीकृत पनि गरिसकेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबारको बैठकले काफ्लेको राजीनामा स्वीकृत गरेको हो । साथै उक्त रिक्त पदमा कुलप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्रालयले सोधेको स्पष्टीकरणमा अन्य पदाधिकारीले भने जवाफ बुझाएका छन् । उनीहरुले सरकारको निर्णय पर्खेर बसेका छन् ।
मन्त्रालयले पनि पदाधिकारीहरूले दिएको जवाफलाई अध्ययन गरेको जनाएको छ । मन्त्रालयले स्पष्टीकरण सोधदेखि कार्यालयका काम ठप्प छ । मन्त्रालयले पदाधिकारीलाई स्पष्टीकरण सोधको एक महिना बितिसकेको छ ।
प्रतिक्रिया 4