+
+
Shares

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षलाई मोसो

‘मैले नचिनेका चार जना आएर अस्पतालको सेवा सुविधा बारे सोध्न थाले । मैले पानी खाउँ भन्दै सामान्य कुराकानी गरिरहेको थिएँ, एक्कासी मोसो दल्न थाले,’ अध्यक्ष ओझाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १५:५४

२३ पुस, काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई कार्यकक्षमै मोसो दलिएको छ ।

आफूहरूलाई नेकपा बहुमतको कार्यकर्ता बताउने चार जनाले बुधबार दिउँसो साढे एक बजेतिर ओझालाई मोसो दलेका हुन् ।

ओझाले अनलाइनखबरसँग भने, ‘मैले नचिनेका चार जना आएर अस्पतालको सेवा सुविधा बारे सोध्न थाले । मैले पानी खाउँ भन्दै सामान्य कुराकानी गरिरहेको थिएँ, एक्कासी मोसो दल्न थाले ।’

आफ्नो कार्यकक्षमा प्रवेश गर्दा उनीहरूको व्यवहार सामान्य देखिएको ओझाले बताए ।

उनले भने, ‘काम गर्ने क्रममा गल्ती कमी भएको रहेछ भने कानुनी प्रक्रियामा जानुपर्छ तर यसरी गैरकानुनी हर्कत गर्ने छुट कसैले पाउनु हुँदैन ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले मोसो दल्नेहरू जंगलतिर भागेको जानकारी प्राप्त भएको बताए ।

अधिकारीले भने, ‘मोसो दलेर जंगलतिर भागेको सूचना आएको छ, उनीहरू छिट्टै पक्राउ पर्छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयबाट ३ जेठ २०८० मा ओझा तीन वर्षका लागि अध्यक्ष नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?