+
+
Shares

२३ पटकसम्म मुद्दा चलेका सहकारी चोर गजुरेल कारागार चलान

२३ पटकसम्म मुद्दा चलेका दीपक गजुरेल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १८:१७

२३ पुस, काठमाडौं । २३ पटकसम्म मुद्दा चलेका दीपक गजुरेल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

पछिल्लो पटक सिनामंगलको एक सहकारी चोरी आरोपमा पक्राउ परेका नुवाकोटका २८ वर्षीय गजुरेललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

अदालतको आदेशपछि उनी सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल चलान भएका छन् । सहकारीको १६ लाख रुपैयाँ चोरी गरेको कसुरमा प्रहरी वृत्त गौशालाले पक्राउ गरेर उनलाई मुद्दा चलाएको थियो ।

यो कसुरमा उनी कारागार चलान भएका हुन् ।यसअघि पनि कारागारमै रहेका उनी जेनजी आन्दोलनको मौकामा कारागारबाट फरार भएका थिए ।

त्यसपछि फेरि चोरीकै धन्दामा लागेका थिए । दिनभर सहकारीको रेकी गर्ने, राति १२ देखि २ बजेको अवधिमा सहकारी चोर्ने उनको शैली देखिएको छ । अनि चोरी गरेको रकमले काठमाडौं, पोखरा जस्ता ठाउँमा घुमघाम गर्ने, मोजमस्ती गरेर रकम उडाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?