+
+
Shares

४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार २४ पुस बिहीबार ४.५९ अंकले बढेर नेप्से २६४० अंकमा पुगेको छ।
  • कारोबार रकम ५ अर्ब १७ करोडबाट घटेर ४ अर्ब ९० करोड पुगेको छ।
  • सान्भी इनर्जीको मूल्य ८.१६ प्रतिशतले सबैभन्दा बढी बढेको छ भने सुपर मादी हाइड्रोपावरको मूल्य ३.९ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

२४ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ४.५९ अंक बढेको छ ।

कारोबारका क्रममा दिनभर प्रायः रातो रहेको बजार अन्तिम आधा घण्टामा बढेको हो । आजको वृद्धिपछि नेप्से २६४० अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९० करोडको भयो ।

१२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४०, हाइड्रोपावर ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.४९, निर्जीवन बीमा ०.२६ प्रतिशत बढे ।

फाइनान्स ०.४४, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०३, अन्य ०.०७ तथा व्यापार ०.२२ प्रतिशत घटे ।

सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ८.१६ प्रतिशत बढ्यो । त्यस्तै एसवाई प्यानलको ५.७१, खानीखोला हाइड्रोपावरको ४.६३, श्रीनगर एग्रिटेकको ४.४२, आँखुखोला जलविद्युतको ३.८८ प्रतिशत मूल्य बढ्यो ।

सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशत घट्यो । इङवा हाइड्रोपावरको २.७१ तथा गणपति लघुवित्तको २.५३ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, बन्दीपुर केबुलकार, सान्भी इनर्जी, सागर डिस्टिलरी र शिवम् सिमेन्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?