+
+
Shares

सेयर बजारमा ७ अर्ब नाघ्यो कारोबार, फाइनान्समा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार नेप्से परिसूचक ९.९३ अंक बढेर २६४९ अंकमा पुगेको छ।
  • आज ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ जुन एक महिनायताकै उच्च हो।
  • फाइनान्स समूह सबैभन्दा धेरै २.८७ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशतले घटेको छ।

२२ पुस, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६४९ अंकमा पुगेको छ ।

आज बजार केही उतारचढावमा देखियो । कारोबार सुरु भएपछि नै बढेको नेप्से ११ : ५७ बजे २६६२ अंकसम्म पुगे पनि त्यसपछि दिनभर कुनै पनि समय सो अंकभन्दा माथि जान सकेन ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ७ अर्ब १२ करोडको भएको छ । यो रकम एक महिनायताकै उच्च हो । कुल १४८ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो भने ८ को स्थिर रह्यो ।

यस दिन फाइनान्समा कारोबारीको आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.८७ प्रतिशत बढ्यो । हिजो उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै ३ प्रतिशत बढेको थियो । आज भने सो समूह ०.५१ प्रतिशत घट्यो । त्यस्तै होटल तथा पर्यटन समूह ०.२३ प्रतिशत घट्यो ।

बैंकिङ ०.४३, विकास बैंक ०.७९, हाइड्रोपावर ०.१३, लगानी ०.३२, जीवन बीमा ०.०४, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा ०.१२, अन्य ०.७७ तथा व्यापार ०.५४ प्रतिशत बढे ।

जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.५४, जानाकी फाइनान्सको ५.८३, गुडविल फाइनान्सको ५.४६ तथा एसवाई प्यानलको ५.४३ प्रतिशत मूल्य बढ्यो ।

रुरु जलविद्युतको मूल्य सबैभन्दा धेरै ८.४१ प्रतिशत घट्यो । ट्रेड टावरको ६.२६, सान्भी इनर्जीको ५.६१, बन्दीपुर केबुलकारको ५.४२ तथा श्रीनगर एग्रिटेक कम्पनीको ५.१६ प्रतिशत घटे ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?