२४ पुस, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्यसमितिले २७ र २८ पुसमा हुने विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधि, पार्टी पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने दोस्रो विशेष महाधिवेशनलाई ऐतिहासिक र निर्णायक अवसरको रूपमा सफल पार्न अर्घाखाँची कांग्रेसले आह्वान गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको धरोहरका रूपमा रहेको नेपाली कांग्रेस ऐतिहासिक मोडमा पुगेको उल्लेख गर्दै २३ र २४ भदौमा भएको युवा विद्रोह, त्यसपछिको राजनीतिक परिस्थिति, संविधानको रक्षा र आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको रूपान्तरण र पुस्तान्तरण अपरिहार्य बनेको आह्वानमा पत्रमा उल्लेख छ ।
नेपाली कांग्रेस अर्घाखाँचीका विभिन्न तहका जिम्मेवार पदाधिकारी तथा सदस्य, प्रदेशसभा ‘क’ र ‘ख’ का पदाधिकारी तथा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्य, सम्पर्क समिति तथा सम्पूर्ण कांग्रेसीजनलाई विशेष महाधिवेशन भव्य र सफल बनाउन जिम्मेवारीका साथ अग्रसर हुन आव्हान गरिएको छ।
जिल्ला कार्यसमितिका सभापति केशव श्रेष्ठ र सचिव कृष्णप्रसाद खनालद्वारा जारी आह्वानमा विशेष महाधिवेशनलाई कांग्रेसको भावी कार्यदिशा तय गर्ने ऐतिहासिक अवसरका रूपमा लिइएको छ।
प्रतिक्रिया 4