+
+
Shares

यसरी मनाइयो पृथ्वीजयन्ती (तस्वीरहरू)

विभिन्न कार्यक्रमहरू गरी देशभर पृथ्वीजयन्ती मनाइएको छ । हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ पुष २७ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २७ पुस काठमाडौंमा विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापा र राजावादीहरूको ठूलो उपस्थिति थियो।

२७ पुस, काठमाडौं । विभिन्न कार्यक्रमहरू गरी पृथ्वीजयन्ती मनाइएको छ । आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ ।

यसक्रममा प्रमुख प्रशासनिक निकाय सिंहदबारको पश्चिम ढोकानजिक रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, सरकारका विभिन्न मन्त्रीहरू, विभिन्न राजनीतिक पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकले त्यहाँ पुगेर माल्यार्पण गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता, राजावादीहरूको ठूलो उपस्थिति थियो ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?