+
+
Shares

नेतृत्वको अकर्मण्यताले पार्टी संकटमा पुग्यो : सीता सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति सीता सापकोटाले पार्टी नेतृत्वको अकर्मण्यताले पार्टी यो अवस्थामा पुगेको बताएकी छन्।
  • सापकोटाले पार्टी र सरकार किचन क्याबिनेटका सदस्यहरूको भरमा चलाउन खोज्दा शीर्ष नेतृत्व असफल भएको उल्लेख गरिन्।
  • उनले नयाँ पुस्ताको हातमा पार्टी नेतृत्व सुम्पन र कांग्रेसलाई पुनः नवीन बनाउन आग्रह गरिन्।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति सीता सापकोटाले पार्टी नेतृत्वको अकर्मण्यताको कारण पार्टी यो अवस्थामा पुगेको बताएकी छन् ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा शुमभकामना व्यक्त गर्दै सापकोटाले पार्टी र सरकार किचन क्याबिनेटका सदस्यहरूको भरमा चलाउन खोज्दा पार्टीको शीर्ष नेतृत्व असफल हुन पुगेको बताइन् ।

‘किचन क्याबिनेट बनाएर पार्टीलाई कब्जा गर्नुभयो । सरकार त्यसैगरी चलाउनु भयो । युवा पुस्ताका भर्भराउँदा नेतृत्वलाई भित्तामा पुर्‍याउनुभयो,’ पार्टी नेतृत्वतर्फ संकेत गर्दै उनले भनिन्, ‘तर, नेतृत्वले पाखा लगाए पनि पार्टीका सच्चा कार्यकर्ताले माया गर्नेरहेछन् भन्ने अहिले पुष्टि भएको छ । यो उपस्थितिले यो पुष्टि गरेको छ ।’

पूर्वसभापति सापकोटाले अहिले पनि पार्टीका कार्यकर्ता, महाधिवेशन र महासमिति प्रतिनिधिले व्यक्त गरेको भावना बुझेर नयाँ पुस्ताको हातमा पार्टी नेतृत्व सुम्पन र कांग्रेसलाई पुन: नवीन बनाउन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?