News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक दिउँसो १ बजेका लागि डाकिएको थियो, तर पौने ३ बजेसम्म सुरु भएको छैन।
- कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजय गच्छदार लगायत केन्द्रीय सदस्यहरू सानेपामा पुगेका छन्।
- कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा सहभागी हुन नेताहरू पार्टी केन्द्रीय कार्यालयमा आइरहेका छन् । दिउँसो १ बजेका लागि डाकिएको बैठक पौने ३ बजेसम्म पनि सुरु भएको छैन । बैठकका लागि नेताहरू भने आउनेक्रम जारी छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजय गच्छदारलगायत केन्द्रीय सदस्यहरू सानेपा पुगेका छन् ।
यता कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेर निर्वाचन प्रक्रिया नै अघि बढाइसकेको छ । त्यस्तै नेताहरू वार्तामा पनि बसिरहेका छन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4