+
+
Shares

यातायात पूर्वाधारविज्ञ गजुुरेल सिन्धुली २ बाट रास्वपा उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सिन्धुली–२ मा यातायात पूर्वाधारविज्ञ आशिष गजुरेललाई उम्मेदवार बनाएको छ।
  • गजुरेलले नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन्।
  • गजुरेलले देशको यातायात प्रणाली सुधार र पूर्वाधार विकासमा लामो समयदेखि सक्रिय अभियान सञ्चालन गर्दै आएका छन्।

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सिन्धुली–२ मा यातायात पूर्वाधारविज्ञ आशिष गजुरेललाई उम्मेदवार बनाएको छ ।

यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

रास्वपाबाट उम्मेदवार बन्ने टुंगो लागेसँगै उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् ।

गजुरेलले लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार विकास, र सुरक्षित तथा दिगो यातायातको पक्षमा सक्रिय अभियान सञ्चालन गर्दै आएका छन् ।

नीति निर्माणदेखि कार्यान्वयन तहसम्मको अनुभव बोकेका उनलाई यातायात क्षेत्रको सुधार अभियान्ताका रूपमा चिनिन्छ ।

सिन्धुली–२ गजुरेलको गृहक्षेत्र हो । विकास र सुशासनलाई प्राथमिकतामा राख्दै संसदमा नयाँ सोच र प्राविधिक दृष्टिकोण भित्र्याउने लक्ष्यका साथ रास्वपाले उनलाई उम्मेदवार बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?