+
+
Shares

दार्चुलामा नेकपाका जोशीको मनोनयन दर्ता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दार्चुलाबाट लक्ष्मणदत्त जाेशीले उम्मेदवारी दर्ता गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:१८

६ माघ,दार्चुला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दार्चुलाबाट लक्ष्मणदत्त जाेशीले उम्मेदवारी दर्ता गराएका छन् । दार्चुलाले २०६४ सालका संविधानसभामा सदस्यमा निर्वाचित जोशी दाेस्रोपटक उम्मेदवार बनेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जाेशीले १२ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरे ।

पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएपछि दोस्रोपटक उम्मेदवार बन्ने अवसर नपाएका जोशीले अठार वर्षपछि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्ने अवसर पाएका हुन् ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका जोशी महाकाली नगरपालिका–५ का बासिन्दा हुन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले ललितसिह ठगुन्ना प्रविणलाई उम्मेदवार बनाएको थियो ।

यस्तै २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेपाली काग्रेंस सँग गठबन्धन भएका कारण नेकपा माओवादीले केन्द्रीय उम्मेदवार पाएको थिएन् ।

दार्चुलामा नेकपा माओवादीले हालको नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्हमा नौ वर्षपछि भोट हाल्न पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?