+
+
Shares

९ क्षेत्रको उम्मेदवार टुंगिन बाँकी हुँदा कांग्रेसमा महिला उम्मेदवार ११ मात्रै

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अहिले टुंगो लगाएका उम्मेदवारहरूमा ११ जनामात्रै महिला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि १६५ मध्ये १५६ क्षेत्रमा उम्मेदवार टुंग्याएको छ।
  • उम्मेदवारमध्ये ११ जना महिला छन् र बागमती प्रदेशबाट सबैभन्दा बढी पाँच महिला उम्मेदवार छन्।
  • विजयी महिला नेतृ सीता गुरूङलाई कांग्रेसले यसपल्ट टिकट दिएको छैन।

६ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अहिले टुंगो लगाएका उम्मेदवारहरूमा ११ जनामात्रै महिला परेका छन् ।

कांग्रेसले मंगलबार दिउँसोसम्म १६५ मध्ये १५६ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंग्याएको छ । जसमा ११ जनामात्रै महिला उम्मेदवार रहेका छन् ।

अनलाइनखबरलाई अहिलेसम्म प्राप्त सूचीअनुसार कांग्रेसले कोही प्रदेशबाट झापा–२ मा सरिता प्रसाईं र झापा–५ मा मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ ।

मधेश प्रदेशबाट कांग्रेसकातर्फबाट महोत्तरी–२ बाट किरण यादव र सिरहा–४ बाट चन्द्रकला कुमारी यादवले टिकट पाएका छन् ।

कांग्रेसले बागमती प्रदेशबाट सबैभन्दा बढी पाँच महिला नेतृलाई उम्मेदवार बनाएको छ । बागमती प्रदेशमा काठमाडौं– ८ र ९ बाट क्रमशः सपना राजभण्डारी र नानु बास्तोला उम्मेदवार बनेका छन् ।

यस्तै मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’, सिन्धुलीबाट सुशीला थिङले टिक टिकट पाएका छन् । उपाध्याय निवर्तमान सहमहामन्त्री हुन भने थिङ विघटित प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट सचेतक थिइन् ।

कांग्रेसले चितवन–२ बाट मीनाकुमारी खरेल, रूकुम पूर्व (लुम्बिनी प्रदेश) बाट कुसुमदेवी थापामगर र दैलेख–१ (कर्णाली)बाट बासना थापालाई टिकट दिएको छ ।

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा विजयी एकमात्र महिला नेतृ सीता गुरूङलाई भने कांग्रेसले यसपल्ट टिकटबाट वञ्चित गरेको छ । उनी निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?