+
+
Shares

‘रेड्मी नोट १५ सिरिज’ नेपालमा सार्वजनिक, मूल्य कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शाओमीले नेपालमा रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ जसमा चार मोडेल समावेश छन् र विभिन्न मूल्य निर्धारण गरिएको छ।
  • रेड्मी नोट १५ प्रो ५जी मोडेलमा ६५०० एमएएच एसआईसी ब्याट्री र १०० वाट हाइपरचार्ज सुविधा छ जसले ४० मिनेटमै पूर्णचार्ज गर्छ।
  • रेड्मी नोट १५ प्रो ५जीमा २००एमपी प्राइमरी क्यामेरा, आईपी६६/आईपी६८/आईपी६९/आईपी६९के प्रमाणीकरण र शाओमी अफलाइन कम्युनिकेसन सुविधा उपलब्ध छ।

६ माघ, काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो ‘रेड्मी नोट १५ सिरिज’ सार्वजनिक गरेको छ ।

यस सिरिजमा चार मोडेल रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश छन्, जसले विभिन्न प्रकारका प्रयोगकर्तालाई फरक–फरक सुविधा प्रदान गर्नेछन् ।

रेड्मी नोट १५ प्रो ५जीको १२जीबी/५१२जीबीको मूल्य ६६ हजार ९ सय ९९ र ८जीबी/२५६जीबीको मूल्य ५९ हजार ९ सय ९९ तोकिएको छ । त्यस्तै रेड्मी नोट १५ प्रो ५जीको १२जीबी/५१२जीबीको ५६ हजार ९ सय ९९ र ८जीबी/२५६जीबीको मूल्य ४९ हजार ९ सय ९९ पर्छ ।

त्यस्तै रेड्मी नोट १५ ५जीको १२जीबी/५१२ जीबीको ४६ हजार ९ सय ९९ र ८जीबी/२५६जीबीको मूल्य ३९ हजार ९ सय ९९ छ भने रेड्मी नोट १५ ४जीको ८जीबी/२५६जीबीको ३५ हजार ९ सय ९९ र ६जीबी/१२८जीबीको मूल्य २९ हजार ९ सय ९९ छ ।

यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो ५जीमा ६५०० एमएएच सिलिकन–कार्बन (एसआईसी) ब्याट्री छ जसमा १० प्रतिशत एसआईसी सामग्री छ । यसमा १०० वाट हाइपरचार्ज छ जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ । साथै, २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ ।

रेड्मी नोट सिरिजमा पहिलो पटक एसआईसी ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जा क्षमता दिन्छ । सबै प्रो मोडेलमा यो एसआईसी ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १ हजार ६ सय चार्ज साइकलपछि पनि ८ सय ५ वा बढी क्षमता कायम राख्छ, जुन लगभग ६ वर्षको सामान्य प्रयोग बराबर हो ।

यस डिभाइसले आईपी६६/आईपी६८/आईपी६९/आईपी६९के प्रमाणीकरण हासिल गरेको छ र एसजीएस–प्रमाणित २.५ मिटर ड्रप प्रतिरोधक क्षमता छ ।

कर्निङ गोरिल्ला ग्लास विक्टस २ र फाइबरग्लास–कम्पोजिट निर्माणले यसलाई थप बलियो बनाएको छ । स्न्यापड्रागन ७ एस जेन ४ मा चल्ने यस डिभाइसमा शाओमी हाइपर एआई (एआई राइटिङ, स्पिच रिकग्निसन र इन्टरप्रेटर सहित), शाओमी सर्ज टी१एस ट्युनर र किलोमिटर दुरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा छ ।

रेड्मी नोट प्रो ५जीमा २००एमपी प्राइमरी क्यामेरा छ जसमा २एक्स र ४एक्स अप्टिकल–लेभल इन–सेन्सर जुम र ओआईएस फिचर छ । यसमा विश्वभरि पहिलो पटक २००एमपी एचपीई इमेज सेन्सर प्रयोग गरिएको छ । एउटै लेन्स, ५ फोकल लेन्थ डीएजी एचडीआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्वीर दिने कम्पनीले जनाएको छ ।

यस मोडेलमा शाओमी आइसलुप कुलिङ सिस्टम पनि छ, जुन यो मूल्य दायरामा एकमात्र एलएचपी कुलिङ समाधान हो र तीन गुणा हिट–ट्रान्सफर दक्षता र थर्मल–कन्डक्टिभिटी दिन्छ । ६.८३ इन्चको १.५के एमोलेड क्रिस्टल रेस डिस्प्लेले ३२०० निट्स पिक ब्राइटनेस दिन्छ र डुअल स्पिकरहरूले ४ सय प्रतिशत भोल्युम बुस्टसाथ इमर्सिभ मल्टिमिडिया अनुभव दिन्छ ।

कनेक्टिभिटीका लागि प्रो मोडेलमा फ्ल्यागसिप–लेभल शाओमी अफलाइन कम्युनिकेसन सुविधा छ, जसले नेटवर्क कभरेज नभएको अवस्थामा पनि किलोमिटर–स्तरको आवाज प्रसारण गर्न सक्छ । रेड्मी नोट १५ प्रो ५जीमा शाओमी सर्ज टी१एस ट्युनर पनि छ, जसले वाइफाइ, ब्लुटुथ, जीपीएस र सेलुलर नेटवर्कमा बलियो र स्थिर कनेक्टिभिटी दिन्छ । यो कालो, ग्लेसियर निलो र मोका ब्राउन रङमा उपलब्ध छ ।

रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २००एमपी क्यामेरा सिस्टम र आईपी६६, आईपी६८, आईपी६९, आईपी६९के रेटिङ छ तर मिडियाटेकको डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६५८० एमएएच सिलिकन कार्बन ब्याट्रीले १ हजार६ सय साइकलपछि (लगभग ६ वर्ष) ८० प्रतिशत क्षमता कायम राख्छ र ४५डब्लूमा चार्ज हुन्छ ।

एआई क्रिएटिभिटी असिस्टेन्टमा एआई इरेज प्रो, एआई इमेज एक्स्पान्सन र एआई रिमुभ रिफ्लेक्सन जस्ता उन्नत टुल छन् ।

रेड्मी नोट १५ सिरिज अब नेपालभरि टेलिडाइरेक्ट प्रालि र वत्सल इम्पेक्स प्रालिको विस्तृत डिलर नेटवर्क मार्फत उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?