६ माघ, सुर्खेत । नेपाली कांग्रेसका युवा नेता नारायण कोइरालाले सुर्खेत–२ बाट मनोनयन दर्ता गराएको छन् ।
कोइरालाले मंगलबार वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गरेका हुन् ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको यो क्षेत्रमा कांग्रेसले कोइरालालाई उम्मेदवार बनाएको छ ।
विगत तीन दशकदेखि चुनाव लड्दै आएका कांग्रेस नेता हृदयराम थानीले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले कोइरालालाई उम्मेदवार बनाएको हो ।
शालीन र बौद्धिक छवि बनाएका कोइराला युवाहरूमाझ लोकप्रिय नेताको रूपमा चिनिन्छन् । उनी संसदीय चुनावमा पहिलो पटक होमिँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4