+
+
Shares

रुकुमपूर्वमा कांग्रेसबाट कुसुमदेवी थापाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गरिरहेका छन्।
  • नेपाली कांग्रेसकी कुसुमदेवी थापाले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराएकी छन्।
  • थापाले २०७९ सालको आम निर्वाचनमा समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् र यसपटक प्रत्यक्षतर्फ चुनावी मैदानमा छन्।

६ माघ, रुकुुमपूर्व । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रुकुमपूर्वमा उम्मेदवारहरूले मनोनयन पत्र धमाधम दर्ता गराइरहेका छन् ।

यसक्रममा नेपाली कांग्रेसको तर्फबाट कुसुमदेवी थापाले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले मनोनयन पत्र दर्ता गराएकी हुन् । ​उम्मेदवार थापा यसअघि  उनी २०७९ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सूचीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।

पार्टीभित्र स्पष्ट वक्ता र सक्रिय नेतृको पहिचान बनाएकी थापालाई यसपटक कांग्रेसले प्रत्यक्षतर्फ चुनावी मैदानमा उतारेको हो । सत्तारुढ र प्रतिपक्षी दलहरूले आ–आफ्नो उम्मेदवार टुंगो लगाएर चुनावी प्रचारप्रसारलाई तीव्र पारेसँगै रुकुमपूर्वको चुनावी माहोल रोचक बन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?