+
+
Shares

यी पूर्वश्रममन्त्री जो बने प्रतिनिधिसभा सदस्य उम्मेदवार

पूर्वश्रमन्त्रीमध्ये केहीले उम्मेदवारी दिएका छन् भने केही यो पटक उम्मेदवार बन्नबाट पछि हटेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते २०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वश्रममन्त्रीहरू समेत विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका छन्।
  • पूर्वश्रममन्त्री शरतसिंह भण्डारी जसपा नेपालबाट महोत्तरी–३ बाट उम्मेदवारी दिएका छन् भने गोकर्ण विष्ट गुल्मी–२ बाट उम्मेदवार बनेका छन्।
  • पूर्वश्रममन्त्रीहरू शेरबहादुर कुँवर, कृष्णगोपाल श्रेष्ठ र रमेश लेखकले उम्मेदवारी नदिएका छन् र कुँवरले भीम रावललाई समर्थन गरेका छन्।

६ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न क्षेत्रमा काम गर्दै आएका व्यक्तिले उम्मेदवारी दिइरहेका छन् ।

आज देशभरिका निर्वाचन कार्यालयबाट उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । तीमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्वमन्त्रीहरूले समेत उम्मेदवारी गराएका छन् ।

पूर्वश्रमन्त्रीमध्ये केहीले उम्मेदवारी दिएका छन् भने केही यो पटक उम्मेदवार बन्नबाट पछि हटेका छन् । पूर्वश्रममन्त्री शरतसिंह भण्डारी, गोकर्ण विष्ट, गौरीशंकर चौधरी, डीपी अर्याल, कृष्णकुमार श्रेष्ठ (किसान), फरमुल्लाह मन्सुरले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

तीबाहेक पुर्वश्रममन्त्री शेरबहादुर कुँवर, कृष्णगोपाल श्रेष्ठ, रमेश लेखक लगायत भने उम्मेदवार बनेका छैनन् ।

पूर्वश्रममन्त्री भण्डारीले महोत्तरी–३ बाट उम्मेदवारी दिएका छन् । दुई पटक श्रममन्त्री बनेका भण्डारीले जसपा नेपालका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

अघिल्लो निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट विजयी भएका पूर्वश्रममन्त्री शेरबहादुर कुँवरले यो पटक भने भीम रावललाई सहयोग गरेका छन् ।

माओवादी केन्द्र र नेकपा समाजवादीबीच पार्टी एकता भएपछि यो पटक उनको क्षेत्रबाट भीम रावलले टिकट पाएका हुन् । अघिल्लो पटकको निर्वाचनमा कुँवरलाई रावलले समर्थन गरेका थिए । यो पटक रावललाई समर्थन गर्दै कुँवरले उम्मेदवारी नदिएका हुन् ।

त्यस्तै पूर्वश्रममन्त्री गोकर्ण विष्ट गुल्मी–२ बाट उम्मेदवार बनेका छन् । गत निर्वाचनमा विष्टले नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीलाई हराउँदै विजयी भएका थिए ।

त्यस्तै अकौ पूर्वश्रममन्त्री गौरीशंकर चौधरीले कैलाली क्षेत्र नम्बर–३ बाट नेकपा एमालेको उम्मेदवर बनेका छन् ।

पूर्वश्रममन्त्री डीपी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं–९ मा  उम्मेदवारी दिएका छन् । यसअघि उनी धादिङबाट समानुपातिक तर्फबाट सांसद बनेका थिए । उनी दुई पटक  श्रममन्त्री बनेका थिए ।

त्यस्तै कृष्णकुमार श्रेष्ठ (किसान)  नेकपा एमालेका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । त्यस्तै पूर्वश्रममन्त्री फरमुल्लाह मन्सुर समेत बारा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?