News Summary
Generated by OK AI. Editorially reviewed.- पुस महिनामा ३१ हजार ७ सय ५० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जुन मंसिरको तुलनामा २ हजार १ सय ३२ जना बढी हो।
- वैदेशिक रोजगार विभागका अनुसार २७ हजार ५ सय ३० जना पुरुष र ४ हजार २ सय २० जना महिला श्रमिक पुसमा विदेशिएका छन्।
- पुस महिनामा सबैभन्दा बढी ७ हजार २ सय २२ जना साउदी अरेबिया गएका छन् भने कतार, यूएई, मलेसिया, कुवेत लगायतका देशमा पनि नेपाली श्रमिकहरू गएका छन्।
७ माघ, काठमाडौं । पछिल्लो एक महिनामा ३१ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
पुस महिनामा ३१ हजार ७ सय ५० जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका हुन् । मंसिर महिनाको तुलनामा पुसमा २ हजार १ सय ३२ जना बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २७ हजार ५ सय ३० जना पुरूष र ४ हजार २ सय २० जना महिला रहेका छन् । सोही अवधिमा ३० हजार ८ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पुसमा म्यानपावरमार्फत ११ देशमा मात्रै श्रमिकहरू गएका छन् भने व्यक्तिगत श्रम स्वीकृतिमार्फत ९० देशमा नेपाली श्रमिकहरू गएका छन् ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घटेको वैदेशिक रोजगार यात्रा पुनः बढ्न थालेको छ ।
पुस महिनामा सबैभन्दा बढी साउदी अरेबिया गएका छन् । साउदीमा ७ हजार २ सय २२ जना श्रमिक गएका छन् ।
त्यस्तै कतारमा ४ हजार ५ सय २३, यूएईमा ३ हजार २ सय ९५, मलेसियामा ३ हजार ५ सय ८७, कुवेतमा २ हजार ६ सय ८८, रोमानियामा २ हजार ८२, जापानमा १ हजार १ सय ३६, ओमानमा १ हजार २ सय ३५ जना श्रमिक गएका थिए ।
प्रतिक्रिया 4