News Summary
Generated by OK AI. Editorially reviewed.- समानुपातिक तर्फ ११० जनाको बन्दसूची बुझाउँदा प्रत्येक दलले कम्तीमा पाँच जना मुस्लिम समुदायबाट पठाउनैपर्छ।
- प्रत्यक्ष तर्फ १६५ वटै क्षेत्रमा उम्मेदवार उठाउने दलबाट मुस्लिम समुदायका उम्मेदवार चार जना भन्दा बढी परेका छैनन्।
- नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न क्षेत्रबाट मुस्लिम समुदायका उम्मेदवार उठाएका छन्।
७ माघ, काठमाडौं । समानुपातिक तर्फ ११० जनाको बन्दसूची बुझाउँदा प्रत्येक दलले कम्तीमा पाँच जना मुस्लिम समुदायबाट पठाउनैपर्छ ।
तर प्रत्यक्ष तर्फ १६५ वटै क्षेत्रमा उम्मेदवार उठाउने दलबाट समेत मुस्लिम समुदायका उम्मेदवार चार जना भन्दा बढी परेका छैनन् ।
नेपाली कांग्रेसले बारा ३ मा सहमहामन्त्री फर्मुल्लाह मन्सुर र कपिलवस्तु १ मा अहतर कलाम मुसलमानलाई उठाएको छ ।
नेकपा (एमाले)बाट महोत्तरी २ मा कासिम नदाफ, पर्सा ४ मा जालिम मियाँ अन्सारी र बाँके २ मा मोहम्मद इतिस्याक राईको उम्मेदवारी परेको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले रहबर अन्सारीलाई बारा ४, शेख सगिरलाई रौतहट २ र ताफिक अहमद खानलाई रुपेन्देही ५ मा उम्मेदवार बनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले चार जनालाई उम्मेदवार बनाएको छ । यो पार्टीबाट
सुनसरी ४ मा महमद मोहफुज अन्सारी, रुपन्देही ३ मा फैज अहमद खान, रुपन्देही ५ मा वकिल मुसल्मान र कपिलवस्तु ३ मा एहसन अहमद खाँ उठेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही ५ मा अहमद्दिन खानलाई उठाएको छ ।
प्रतिक्रिया 4