८ माघ, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब साढे ९ बजेको समयमा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर दार्चुलाको महाकाली नगरपालिका–५ गल्फैका अन्दाजी २१ वर्षका चालक करन बुढामगरको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
ट्याक्टरमा सवार अन्य तीन जना घाइते भएका छन् । कैलालीको टिकापुर नगरपालिका–७ का अन्दाजी ४० वर्षीय सुरज घर्तीमगर र उनका छोरा अन्दाजी १८ वर्षीय सिद्धार्थ घर्तीमगर र टिकापुर –६ का अमित विक घाइते भएका उनले बताए ।
घाइते तीनै जनालाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये सुरजको अवस्था गम्भीर रहेको छ ।
अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4