८ माघ, काभ्रेपलान्चोक । सिन्धुली–२ मा लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालको बागी उम्मेदवारी दिलाएका नेकपाका नेता हरिबोल गजुरेलसहित लाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि बोलाएका छन् ।
सिन्धुली–२ को टिकट विवाद सल्टाउन बागी उम्मेदवारका प्रस्तावक नेकपाका नेता गजुरेल र समर्थक सहितलाई प्रचण्डले काठमाडौं बोलाएका हुन् ।
आफुहरूलाई काठमाडौँ बोलाएको र बाटोमा आउँदै गरेको नेकपाका नेता गजुरेलले अनलाइनखबरलाई बताए ।
प्रचण्डले बोलाएपछि आफूसहित उम्मेदवार महेश्वर दाहाल, जिल्ला पार्टी संयोजक पानीराज बम्जन र जिल्ला इन्चार्ज वसन्त माझी सिन्धुलीबाट काठमाडौं आउदै गरेको जानकारी दिए ।
‘प्रचण्डले बोलाउनुभएको छ अहिले हामी बाटोमा आउँदैछौँ। तर थप कुरा त्यहाँ गएपछि मात्र थाहा हुन्छ,’ उनले भने ।
छलफल भएपनि आफूहरू आफ्नो अडानबाट पछि नहट्ने गजुरेलको भनाइ छ
‘अगाडि जाँदा चट्टान छ, पछाडि भीर छ । त्यहाँबाट खस्ने कुरा भएन, चट्टान फोडेरै भएपनि अगाडि बढ्ने हो संयोजकलाई त्यही कुरा राख्छौं,’ उनले भने ।
प्रतिक्रिया 4