+
+
WC Series
Won Nepal Women
133/4 (19.3)
VS
Nepal Women won by 6 wickets
Zimbabwe Women
129/6 (20)
Shares

मनमा उत्साह बोकेर भोलि सर्लाही जाँदैछु : गगन थापा

उनले भने, ‘हाम्रो साथी, हाम्रो दाइ, हामीलाई भर गरेर आएको छ, उसलाई यो ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ तपाईंहरूले काम गरिदिनुपर्ने छ । म तपाईंहरूको भरोसा मानेर आएको छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते १४:५४

१० माघ, काठमाडौं । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन् ।

उनी आइतबार आफूले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् ।

सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा आफू जिल्ला जान लागेको जानकारी दिए ।

‘भोलि म सर्लाही जाँदैछु । पटकपटक म गएको छु, क्षेत्र नम्बर ४ मा,’ उनले भने, ‘तर, पोलिटिकल कार्यक्रममा गएको छु । यो पटक म उम्मेदवार बनेर जाँदै छु । मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट (उत्साह) छ ।’

सभापति थापाले सर्लाही–४ का युवाको भर परेर आफूले जीवनकै अत्यन्त ठूलो राजनीतिक निर्णय लिएको पनि जिकिर गरे । ‘म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ आएको छु, तपाईंहरूको भर परेर,’ उनले भने ।

सभापति थापाले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनका बेला सर्लाही गइदिन पनि आग्रह गरे । युवाको भर परेर आफू सर्लाही–४ बाट निर्वाचन लड्ने मनस्थितिमा पुगेको उनको भनाइ थियो ।

‘तपाईंहरूले इलेक्सनको बेलामा सक्ने काम गरिदिनका लागि सर्लाही आइदिनपर्छ । तपाईंको घर आइदिनपर्छ । अभिभावकलाई भनिदिनुपर्छ,’ उनले भने, ‘हाम्रो साथी, हाम्रो दाइ, हामीलाई भर गरेर आएको छ, उसलाई यो ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ तपाईंहरूले काम गरिदिनुपर्ने छ । म तपाईंहरूको भरोसा मानेर आएको छु ।’

सभापति थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको थियो ।

उपसभापति विश्वप्रकाश शर्माले अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा राखेको उक्त प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?