+
+
Shares

राष्ट्रिय सभा : कोशी प्रदेशमा पनि सुरु भयो मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते ९:४६

११ माघ, विराटनगर । कोशी प्रदेशमा पनि राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ । विराटनगरमा मतदान सुरु भएको हो ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान हुन लागेको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

 कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हो ।

 कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

 राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?