+
+
Shares

रास्वपाका उपत्यकाभित्रका उम्मेदवारसँग बालेनको छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरूसँग छलफल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १५:३०

११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरूसँग छलफल गरेका छन् ।  आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता शाहले चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका हुन् ।

बालेनले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरूले बताएका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले चुनावी अभियानबारे नेता शाहले जानकारी लिएको बताइन् ।

‘उहाँले हामीहरूसँग अपडेट लिनुभएको हो । अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो । उहाँले स्पष्ट रुपमा भन्नुभएको छ–सरकार हाम्रो बन्दैछ । ढुक्क भएर जनताको घर-घरमा जानुस्, समस्या सुन्नुस् भन्नुभयो, ‘ भेटपछि कार्कीले भनिनन् ।

अर्की उम्मेदवार रञ्जु दर्शनाले पनि चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन् । ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नुभयो । अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो’ उनले भनिन् ।

त्यस्तै अर्का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता शाहसँग भेट गरिएको बताए । उनले पनि भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गरे ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । शाहले भने झापा-५ बाट उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?