११ माघ, विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा मतदान सकिएको छ ।
आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा प्रदेश सांसद तर्फबाट ८७ जनाले मतदान गरेका छन् भने पालिका तर्फ प्रमुख-उपप्रमुख गरी २५८ जनाले मतदान गरेका छन् ।
प्रदेशतर्फ ५ जना र पालिकातर्फ ९ जनाले मतदान गरेनन् ।
राष्ट्रियसभा निर्वाचन कार्यालयका अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4