+

टाइगर कप भलिबल : महिलातर्फ पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन

२०८२ माघ  १६ गते १४:४९ २०८२ माघ १६ गते १४:४९
टाइगर कप भलिबल : महिलातर्फ पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ।
  • फाइनलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो, दोस्रो र तेस्रो सेट २५–११, २५–२२ र २५–१६ मा जितेको हो।
  • न्यु डायमन्डकी सुमित्रा रेग्मीलाई प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको छ र उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरेकी छिन्।

१६ माघ, काठमाडौं । न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि जितेको हो ।

न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो । उपाधिसँगै न्यु डायमन्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्‍यो ।

फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो बनेको थाइल्यान्ड क्वीन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो ।

न्यु डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनिन् । उनले २६ हजार ६६६ रुपैयाँ पाइन् । सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगती नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार ६६६ हात पारे ।

अब पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीचको खेल सुरु हुनेछ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

छैटौं टाइगर कप भलिबल न्यु डायमण्ड स्पाेर्टस् क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय