News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा अमेरिकासँग २८ रनले पराजित भएसँगै विश्वकप छनोटको सम्भावना गुमाएको छ।
- बंगलादेशले स्कटल्यान्डलाई ९० रनले हराएको छ भने आयरल्यान्डले नेदरल्यान्ड्सलाई ९८ रनले पराजित गरेको छ।
- सुपर सिक्समा बंगलादेश र नेदरल्यान्ड्सले ६-६ अंकसहित विश्वकप छनोट गरिसकेका छन् र अमेरिकासहित अन्य दुई टोली छनोट हुनेछन्।
१६ माघ, काठमाडौं । थाइल्यान्ड आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटबाट एक खेल खेल्नुअगावै बाहिरिएको छ ।
शुक्रबार भएको सुपर सिक्सअन्तर्गतको खेलमा अमेरिकासँग २८ रनले पराजित भएसँगै थाइल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना सकिएको हो ।
सुपर सिक्समा शून्य अंकबाट सुरुवात गरेको थाइल्यान्डले अब अन्तिम खेल जितेपनि पर्याप्त हुने छैन ।
अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९ ओभरमा १०० रनमा अलआउट भयो ।
आजै विहान भएको खेलमा बंगलादेशले स्कटल्यान्डमाथि ९० रनको जित निकाल्यो । बंगलादेशले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन मात्र बनायो ।
यस्तै आयरल्यान्डले पनि नेदरल्यान्ड्समाथि ९८ रनको फराकिलो जित निकालेको छ । १४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४५ रनमा अलआउट भयो । हारका बाबजुद नेदरल्यान्ड्स विश्वकपमा छनोट भइसकेको छ ।
सुपर सिक्समा ६-६ अंक भएका बंगलादेश र नेदरल्यान्ड्स विश्वकपका लागि छनोट भइसकेका हुन् । अब आयरल्यान्ड, स्कटल्यान्ड र अमेरिकामध्ये दुई टोली विश्वकपमा छनोट हुनेछन् ।
प्रतिक्रिया 4